Logo

प्रचण्डका विद्यार्थी कार्यकर्ताबीच हानाहान



काठमाडौं, ५ असार । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुबीच कुटाकुट भएको छ । तेस्रो विस्तारित बैठकको हलमै दुई पक्षबीच कुटाकुट भएको हो ।

नेतृत्व चयनप्रति असन्तुष्ट समूहले नारावाजी गरेपछि अर्को समूह पनि त्यसको विरोधमा उत्रँदा कुटाकुट भएको हो । झडप रोक्न अखिल क्रान्तिकारीका नेताहरु आफै सक्रिय भएका थिए ।

बैठकमा प्रचण्ड सम्बोधनका लागि जाने तय भएको थियो । तर, उनी रोक्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्