Logo

अपहरण तथा बलात्कार मुद्दामा फरार युवक पक्राउ



बारा, ८ असार । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवं मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेर फरार रहेका युवक पक्राउ परेका छन् ।

विभिन्न मुद्दा लागेका कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अंसारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

अंसारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका–१ बाट डर त्रास देखाई अपहरण गरी भारतको लुधियानामा लगि बन्धक बनाई जबरजस्ती करणी तथा मानव वेचबिखन तथा ओसार पसार समेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–५ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्