Logo

राज्यमन्त्री विमला प्रकरणः घटनास्थलमा छानबिन समिति



काठमाडौं, असार ९ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले तुलसीपुरकी एक महिला र नाबालिकालाई कुटपिट गरेको घटना प्रदेश सरकारले छानबिन सुरु गरेको छ। प्रदेश सरकारले उक्त घटना छानविनका लागि बनाएको छानबिन समितिले बुधबार देखि छानबिन सुरु गरेको हो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा रहेको छानबिन समितिले घटनास्थलमै पुगेर वास्तविकताबारे अनुसन्धान गरिरहेको जनाएको छ।

छानबिन समितिमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्। समितिले १५ दिनभित्र घटनाबारे अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । समितिले बुधबार पीडित महिला र उनको परिवारलगायत स्थानीयसँग यो समितिले घटना बारे सोधपुछ गरेको छ।

राज्ममन्त्री वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीलाई गत जेठ ३१ गते घरमै प्रवेश गरेर कुटपिट गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्