Logo

गाँजा र ब्राउनसुगरसहित ३ जना पक्राउ



कास्की, ९ असार । पोखराबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा लागूऔषध गाँजा बिक्री भइरहेको खबर प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, रुपन्देहीको कञ्चन गाउँपालिका–१ बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot