Logo

डिआइजी बढुवाको सिफारिससँगै धीरज सिंहपछिका आइजीपीका दाबेदारहरु तय



काठमाडौं, ९ असार । नेपाल प्रहरीमा डिआइजी बढुवाको सिफारिस भएको छ । बढुवा सिफारिस भएसँगै वर्तमान आइजीपी धीरजप्रताप सिंह पछि को आइजीपी बन्नसक्ने केही नामहरु लगभग तय भएका छन् ।

५ चैत्र २०५१ मा सेवा प्रवेश गरेकामध्येबाट वसन्तबहादुर कुँवर पहिलो, टेकप्रसाद राई दोस्रो र अशोक सिंह तेस्रो नम्बरमा परेका छन् । यो ब्याची आइजीपी धीरजप्रताप सिंहपछिको ब्याची हो । ३० वर्षे नियमावली कायम रहेमा सिंह यसै वर्ष सेवानिवृत्त हुनेछन् । त्यसपछि कुँवर, राई र सिंहबीच आइजीपीका लागि प्रतिष्पर्धा हुने सम्भावना छ ।

यसैगरी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, मिरा चौधरी, उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह, बुद्धिराज गुरुङ्ग, पोषराज पोखरेल र किरण राणा पनि आइजीपी सिंहपछिको ब्याची हुन् जो डिआइजी बढुवाको सिफारिशमा परे । उनीहरु पनि भावी आइजीपीका प्रतिष्पर्धी हुन् । वरियतामा पछि पारिएकाले उनीहरुको सम्भावना भने कमजोर भएको छ ।

१९ भदौ २०५२ मा प्रहरीमा इन्स्पेक्टर बनेकामध्ये दीपक थापा पहिलो नम्बरमा डिआइजी बढुवा सिफारिश भएका छन् । यो ब्याचीमध्ये टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी पनि बढुवा सिफारिशमा परेका छन् । यो ब्याचीबाट दिपक थापा, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी आइजीपी बन्ने सम्भावना बलियो भएको छ ।

प्रहरीमा डिआइजी बढुवामा ढिलो बढुवा भएकाहरुले पनि उछिनेर आइजीपी बनेको इतिहास भएकाले ठोकुवा भने गर्न सकिने अवस्था छैन । तर, यस्तो कमैमात्र भएको छ ।



प्रतिक्रिया दिनुहोस्