Logo

संयुक्त ट्रेड युनियन संघर्ष समिति पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध सडकमा उत्रियो (तस्बिर हेरौं)



काठमाडौं, ९ असार । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महङ्गी लगायतको विरोधमा आज विरोध प्रदर्शन गरेको छ। समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको हो ।

पेट्रोलियम पदार्थ लगायत आकासिदो बजार मूल्य,मिटरब्याज पीडित मजदुर किसान र एसपीपीविरुद्ध समिति प्रर्दशनमा उत्रिएको हो ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन,क्रान्तिकारी ट्रेड युनियन,समाजवादी ट्रेड युनियन,अखिल नेपाल ट्रेड युनियन,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन, वैज्ञानिक समाजवादी ट्रेड युनियन, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन र नेपाल ट्रेड युनियन फेडेरेसन आवद्ध छन्।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्