Logo

कैलालीका एमाले अध्यक्षलाई कारबाही गर्न सिफारिस



काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कैलालीका अध्यक्ष रतनबहादुर थापालाई कारबाहीको सिफारिस गरिएको छ ।

थापामाथि गत स्थानीय चुनावमा एमालेका आधिकारीक उम्मेदवारलाई पराजित गर्न भुमिका खेलेको आरोप लगाइएको छ ।

एमाले कैलाली जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

चुनावको बारेमा पार्टीले स्पष्टिकरण सोधेपनि उनले जवाफ समेत नर्फकाएपछि कारवाहीको सिफारिस गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot