Logo

मंसिर १० भित्र प्रदेश र संघिय चुनाव सक्ने तयारी गर्दै निर्वाचन आयोग



काठमाडौं, १० असार । निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने तयारी गरिरहेको छ । महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै आयुक्त दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र दुवै चुनाव सक्ने तयारी गरिरेहको बताएका हुन् ।

उनले गत स्थानीय तहमा प्रमुख/उपप्रमु्खमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरेपनि ५० प्रतिशत महिलाहरुलाई सहभागिता गराउन नसकेको बताए ।

अबको चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरी व्यवस्था मिलाउन पनि सांसदहरुलाई सुझाव दिए । निर्वाचन महंगो र खर्चिलो भएको भन्दै आयोगको आलोचना गरेकोमा उनले आपक्ति जनाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot