Logo

पेट्रोल पम्प पछाडि लगेर बालयौन दुरुपयोग गर्ने बराल पक्राउ



झापा, १० असार । १४ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराल बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका–१० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्