Logo

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभाको बैठक बस्दै



हेटौंडा, असार १२ । आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा विषयगत मन्त्रालयको बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट संसदमा पेस गरेका थिए।



प्रतिक्रिया दिनुहोस्