Logo

क्यान्सरपीडित शम्भु तामाङलाई भेट्न नेपाल क्यान्सर अस्पताल पुगे प्रचण्ड



काठमाडौं, असार १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सर पीडित कीर्तिमानी आरोही शम्भु तामाङलाई भेटेर स्वास्थ्य अवस्थबारे जानकारी दिएका छन् ।

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी बनाएका तामाङको स्वास्थ्यस्थिति बारे बुझ्न आईतबार विहानै अध्यक्ष प्रचण्ड हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेका हुन् ।

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिजिन बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन्।

तामाङको स्वास्थ्य अवस्था बारे बुझ्दै अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्