Logo

विपद् व्यवस्थापनमा सातै प्रदेशमा सशस्त्र प्रहरीका उद्दार टोली खटिए



काठमाडौं, १५ असार । वर्षायाम सुरु भएसँगै तराईका केही स्थान डुबानमा परिसकेका छन् । यो वर्षमा बैशाखदेखि देखिनै वर्षा सुरु भएको हो । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २ हजार ३४ जनालाई सशस्त्र प्रहरी बलले उद्दार टोली देशभर खटाएको छ ।

विपद् व्यवस्थापन तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यको लागि परिचालन गर्ने भएको हो । काठमाडौंको २ स्थानमा विपद व्यवस्थापनको लागि सशस्त्रको टोली राखिने जनाइएको छ भने सातैवटा प्रदेशमा प्रदेश स्तरीय विपद उद्धार टोली खटाउने भएको हो ।

प्रदेश १ को सुनसरी, बाग्मतीको कुरीनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको लागि पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदुरपश्चिमको कैलालीमा ६ स्थानमा तयारी अवस्थामा उद्दार टोली राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ। साथै २४ सै घण्टा उद्दार टोली तयारी अवस्थामा रहने पनि बताइएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्