Logo

श्रीमतीको हत्याको घटनालाई झुण्डी मृत्यु देखाउने श्रीमान पक्राउ



रौतहट,१६ असार । घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

घाटी धिची कर्तव्य गरी मारेको अभियोगमा चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको हो ।

कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन गत चैत्र १० गते राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कावारीलाई प्रहरीले पक्राउ गरेको हो जनाएको छ ।

उनीमाथि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्