Logo

ओली-प्रचण्ड मिलाउन वामदेव सक्रिय



काठमाडौं, १६ असार । नेकपा एकता अभियान लिएर सक्रियता बढाएका वामदेव गौतमले आज महत्वपूर्ण भेटहरु गरेका छन् । उनले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । भेटमा नेकपा एकता अनिवार्य भएको विषय राखेका थिए ।

गौतम निकट स्रोतका अनुसार यथास्थितिमा चुनावमा गए नेपाली काँग्रेसले बहुमत ल्याउने र कम्युनिस्टहरु निकै कमजोर हुने बताएका थिए । उनले कुनै न कुनै बिन्दुमा सहमति निकालेर चुनावमा एक हुनुपर्ने भन्दै ओलीलाई लचिलो हुन आग्रह गरेका थिए । जवाफमा ओलीले आफू कम्युनिस्ट एकताका लागि सदैव तयार भएको तर विगतका कर्मी कमजोरीको गम्भीर समिक्षा जरुरी भएको बताएका थिए ।

गौतम ओलीसँग सहमतिको बिन्दु के हुन्छ सक्छ भन्ने बुझेर खुमलटार पुगे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी कम्युनिस्ट एकतामा जोड दिए । उनले बेलैमा सजग र सचेत भई कम्युनिस्टहरुबीच एकताको विकल्प नभएको बताएका थिए । जवाफमा प्रचण्डले आफू जहिले पनि एकताको पक्षमा रहेको तर विगतमा ओलीले गरेका गतिविधिको आत्मालोचना र समिक्षा अनिवार्य भएको जवाफ दिएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्