Logo

जसपा सांसद अमृता अग्रहरि उपेन्द्र यादव कि बाबुराम भट्टराईतिर ?



काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी (जसपा)की नेतृ एवं सांसद अमृता अग्रहरिले पार्टी नफुटेको दाबी गरेकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अग्रहरिले भनिन्, “खोई जसपा फुटेको ? मैले तपाईंको मुखबाट भरखर सुनेको हुँ । म पार्टीको सदस्य हुँ । अहिलेसम्म पनि यो कुराको जानकारी छैन । जसपा बनाउनमा हाम्रो ठूलो योगदान छ । फुटोस् भन्ने मान्यता नै छैन । पार्टी फुट्छ भन्ने विश्वास पनि छैन । म कुनै व्यक्तिको होइन, पार्टीको मान्छे हुँ ।”
उनले बाबुराम भट्राई र उपेन्द्र यादवलाई पार्टी नफुटाउन चेतावनी दिइन् । अग्रहरिले भनिन्, “मैले पनि फेसबुकमा पढेको हुँ । हिजो म संसदीय दलको बैठकमा गएको थिएँ । माननीय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच ‘झैझगडा नगरौं बरु छुट्टिएर जाऊँ’ भन्ने सल्लाह भएको सुनें । तर बाबुरामले मलाई व्यक्तिगत रुपमा केही भन्नुभएको छैन । अनि मैले कसरी पार्टी फुट्यो भन्ने ? दुवै नेतालाई सद्बुद्धि होस्, पार्टी नफुटोस् । एक पक्षले मात्र भनेर पार्टी फुट्छ ?”



प्रतिक्रिया दिनुहोस्