Logo

१४ वर्षीया महिमाको प्रेम सम्बन्धको कारण मृत्यु भएको प्रारम्भिक खुलाशा



काठमाडौं, १७ असार । पर्सामा शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको महिमा कुमारीको मृत्युको कारण प्रेम सम्बन्ध रहेको पाइएको छ। फरक समुदायको युवकसँग महिमाको प्रेम सम्बन्ध रहेको र परिवारले टाढिन दबाब दिँदै आएको खुलेको हो ।
परिवारले दिनहु प्रेमी छाड्न दबाब दिएर कुटपिट गर्ने र घरमा थुनेरै राखेपछि महिमाले विष पिएको उनका आफन्तले प्रहरीसँग बताएका छन् ।
बहदुरमाई–७ बिश्रामपुरको मसान घाटमा स्थानीय श्यामबाबु प्रसाद कलवारकी छोरी महिमा कुमारीको जलाउँदै गरेको शव नियन्त्रणमा लिएको हो ।

शंकास्पद मृत्यु भएकी किशोरीको शव प्रहरी र गाउँलेलाई जानकारी नदिई परिवारम मात्रैले अन्त्येष्टिका लागि घाटमा लगेका थिए । मसानघाटमा पानी परिरहेकाले शव जलाउन उनका परिवारले पेट्रोल र चिनी छर्किरहेका थिए । सोही समयमा प्रहरी पुगेर शवको मुचुल्का उठाएको थियो । प्रहरी घाटमा पुगेसँगै मलामी गएका सबै पुरुष भागेका थिए । अनुसन्धानको लागि महिमाकी आमा, ठुली आमा र एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले आधा शरीर जलेको कुमारीको शव यतिबेला वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्