Logo

विश्वास गरेका पतिले नै पत्निको हत्या गरेपछि…



मोरङ, १९ असार । आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीको हत्याको आरोपमा रंगेली नगरपालिका–१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

आगोले जलेर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाडावर्तन अन्नपात समेत जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमालन नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्