Logo

फोनमार्फत फिरौती रकम माग गर्ने पक्राउ



मोरङ, १९ असार । डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–३ बस्ने एक व्यक्तिलाई डरधम्की दिएको अभियोगमा कञ्चनबारी बस्ने पथरीशनिश्चरे नगरपालिका–६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका–६ बस्ने २६ वर्षीय विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक–पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँसहित विशाललाई थरीशनिश्चरे नगरपालिका–६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्