Logo

कुमारको हत्या गरी फरार अन्सारी पक्राउ



पर्सा, २० असार । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने रामजान भन्ने २६ वर्षीय हसमुदिन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

अन्सारी समेतले बारा कलैया उपमहानगरपालिका–५ बहुअर टोल नहरको छेउमा मनिष कुमारको हत्या गरी फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्