Logo

जसपाका तीन मन्त्रीको शपथ



काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

शपथ लिएकाहरुमा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण छन् ।

यसपटक जसपाबाट ४ मन्त्री रहेकामा कुनैपनि महिला परेनन् । यसअघि जसपाबाट भौतिकमन्त्रीमा रेनु यादव थिइन् ।-Photo Source: Office of President



प्रतिक्रिया दिनुहोस्