Logo

माओवादीको पोलिटब्युरो सदस्यमा प्रचण्डकी छोरी–बुहारी



काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिटव्युरोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् ।

माओवादीको १२५ पोलिटब्युरो सदस्यमा उनीहरुको नाम पनि परेको हो ।

बिना मगर प्रतिनिधि सभामा प्रत्यक्षबाट सांसद छिन् भने रेनु भरतपुर महानगरको प्रमुख हुन् ।

माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot