Logo

सेनापतिले छिमेकसँगको ‘विशिष्ट सिमा’ भन्दै गरे तारबार लगाउन नमिल्ने कुरा



काठमाडौं, २४ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सीमा सुरक्षासम्बन्धी सेमिनारमा गुड फेन्सेस मेक्स गुड नेबर अर्थात् राम्रो बारले असल छिमेक निर्माण गर्छ भन्ने अभिव्यक्तिले तरङ्ग ल्याएको छ । बिहिबार नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्ष्ाँ तथा व्यवस्थापनको वर्तमान अवस्था र सुधारका क्षेत्रहरु विषयक सेमिनारको समापनमा प्रधानसेनापति शर्माले उक्त भनाई रहेपनि नेपालको भारत र चीनसँगको विशिष्ट र जटिल सीमाका विषय उल्लेख गरेका छन् । उनले घुमाउरो तरिकाले भनाई जे भएपनि तारबार लगाउन नमिल्ने विषय राखेका थिए ।

सेनापति शर्माले तारबार लगाउने प्रचलन रहेपनि नेपालको भारतसँगको पृथक सम्बन्धको चर्चा गरेका थिए । उनले घुमाउरो तरिकाले तारबार लगाउनु व्यवहारिक नभएको संकेत गरेका थिए । सैनिक स्रोतले सेनापतिले नेपालको छिमेकी देशहरुसँगको विशिष्ट सम्बन्ध र सीमाका आफ्नै विशिष्टता र जटिलताबारे समेत बोलेका थिए । उनले भनेका थिए, ‘गुड फेन्सेन मेक्स गुड नेबर भन्ने भनाई रहेतापनि अन्तर्राष्ट्रिय सम्बन्धहरुको परिदृष्यमा अन्तर्राष्ट्रिय सिमाका आ आफ्नै विशिष्टता तथा जटिलता रहने गरेको सर्वविदितै छ ।’

सेनापतिले उत्तरतर्फ रहेको राजनैतिक संवेदनशीलता तथा दक्षिण तर्फ रहेको खुला सिमानाले सीमा व्यवस्थापनलाई थप जटिल बनाएको उल्लेख गरेका छन् । उनले साँस्कृतिक तथा वाणिज्य सम्बन्धका कारण सीमा व्यवस्थापन अत्यन्तै महत्वपूर्ण तथा संवेदनशील भएको चर्चा गरेका थिए । भारतसँगको साँस्कृतिक सम्बन्धको विशिष्टताबारे समेत ध्यान दिनुपर्ने उनको भनाई थियो ।

खुला सिमानाका कारण सीमापार अपराधिक गतिविधि, आतंकवाद तथा गैरकानूनी आप्रवासीहरुको घुसपैठ हुनसक्ने सम्भावना समेत औल्याए । उनले सीमा क्षेत्रमा हुने अवान्छनिय गतिविधिको निगरानी तथा नियन्त्रणमा जोड दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्