Logo

सुदुरपश्चिम प्रदेशसभाको बैठक स्थगित



काठमाडौं, २८ असार । बजेटमाथि छलफलको लागि बोलाइएको सुदुरपश्चिम प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । सभामुख अर्जुनबहादुर थापाले गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा १३ जना मात्र उपस्थित थिए । बैठकमा नेपाली कांग्रेस उपस्थिति नभएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot