Logo

आषिश दर्जीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ



सुनसरी,२८ असार । बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ सोमबार राति पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी उनीहरूबीच झैं–झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। साथै घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot