Logo

भृकुटीमण्डपमा भिषण आगलागी (तस्बिरमा हेरौं)



काठमाडौं, २९ असार । राजधानीको मुटु भृकुटीमण्डपमा भिषण आगलागी भएको छ ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् ।

आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot