Logo

बालबालिका र मजदुरलाई फकाएर मिर्गौला विक्रि गरेको अभियोगमा थप ३ जना पक्राउ



काठमाडौं, १ साउन । काठमाडौंबाट सडक बालबालिकाहरुको मिर्गौला बिक्रि गरेको अभियोगमा काठमाडौंबाट थप ३ जना पक्राउ परेका छन् ।

गत असार १७ गते मिर्गौला बेच्न युवाहरुलाई भारत लैजान खोजेको आरोपमा २ जना पक्राउ परेसँगै मानव बेचबिखन अनुसन्धान ब्युरोले थप ३ जनालाई पक्राउ गरेको हो ।

मिर्गौला बेचेको आरोपमा गुल्मीका विजय कुँवर, दैलेखका विमल शाही, धुपेन्द्र शाही, रामेछापका धनबहादुर रोका, झापाका आशिष तामाङ पक्राउ परेका हुन् ।

आज पत्रकार सम्मेलन गर्दै ब्युरोले उनीहरुले सडक बालबालिका र मजदुरहरुलाई फकाएर मिर्गौला बिक्रि गर्ने गरेको जानकारी दिएको हो । आरोपीहरुले बालबालिकाहरुलाई मिर्गौला बेचेपछि ५ लाख रुपैयाँ र महंगो मोबाइल पाइने भन्दै डिल गरेका थिए ।

असार १७ गते पक्राउ परेका २ जनाले सर्लाहीका दुई युवालाई हेटौडा–वीरगञ्ज हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए । नेपालबाट कोलकत्तासम्म पुर्याएबापत विजय कुँवरले ५ लाख लिने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।



प्रतिक्रिया दिनुहोस्