Logo

बलात्कारको आरोप लगाउनेलाई पूर्वडिआइजी माधव थापाको चुनौती



काठमाडौं, ६ साउन । सशस्त्र प्रहरीका भीमकाय अधिकृत थिए माधव थापा । हरेक प्रदर्शनहरुमा ठूला नेतालाई पक्राऊ गर्न आफै अघि सर्थे ।
२०६२ सालको जनआन्दोलनमा माधव थापा ब्रान्ड नै बने । उनी मैदानमा देखिएपछि नेताहरु पक्राऊ पर्न लागेको थाहा हुन्थ्यो ।

आन्दोलनकारीमाथि कठोर रुपमा प्रस्तुत हुन्थे थापा । उनलाई त्यतिबेला पटक पटक विवादमा पारियो । तर, कहिले डगमगाएनन् । प्रहरीमा डिइआजीसम्म भएर सेवानिवृत्त भए ।

सेवानिवृत्त भएका थापाले फेरि चयन पाएनन् । उनीमाथि माओवादी नेता गंगा कार्कीले लेखेको पुस्तक दुसाध्य जनयुद्धमा गम्भीर आरोप लगाइएको छ । पूर्वराज्यमन्त्री देवी खड्कामाथि जनयुद्धका क्रममा बलात्कार भएको विषय उठ्ने गरेको थियो । यसपटक पुस्तकमा उनीमाथि बलात्कार गर्ने व्यक्तिको पनि नाम उल्लेख गरिएको छ । ती व्यक्ति उनै माधव थापा हुन् भनिएको छ ।

आफूमाथि बलात्कारको आरोप लगोपछि माधव थापा पनि बोल्न थालेका छन् । उनलाई पूर्वसुरक्षाकर्मीहरुको साथ देखिएको छ । सामाजिक सञ्जालमा उनको पक्षमा पूर्वसुरक्षाकर्मीले बोलेका छन् । पूर्वएआइजी रविराज थापाले त माधव थापालाई निडर र साहसिक भनेका छन् ।

माधवले पनि धादिङ्गमा खटिएको आफूमाथि दोलखामा बलात्कार गर्यो भनिएकोमा प्रश्न उठाएका छन् । हनुमानढोकामा आफू कहिले नखटिएको भन्दै त्यहाँ बलात्कार गरेको आरोपबारे गम्भीर प्रश्न गरे । आफ्नो प्रतिष्ठामा आँच पुग्ने क्रियाकलाप भएको भन्दै माधव थापाले हावा कुरा लेख्ने भनी आक्रोश पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्