Logo

दाङमा बालिका बलात्कारपछि डिलबाट खसालियो



काठमाडौं, ८ साउन । दाङमा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । अर्घाखाँची घर भएकी बालिका मामाघर आएको समयमा बलात्कृत भएकी हुन् । उनको हाल उपचार नेपालगञ्जमा भइरहेको छ ।

बालिका बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसार बलात्कारपछि बालिकालाई किशोरले डिलबाट धकेलिदिएका थिए ।

बालिकाको टाउकोमा चोट लागेको छ भने उनले लगाएको सुनका मुन्द्रा पनि झिकिएको प्र्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्