Logo

सृजना राईको ह्वाट्स्याप र इन्स्टाग्राम ह्याक गरेपछि…



काठमाडौं, ८ साउन । मनमैजु बस्दै आएकी सुजना राईको ह्वाट्स्याप र इन्स्टाग्राम केही दिन अघि ह्याक भयो । उनको आइडीबाट विभिन्न आकर्षण देखाएर विज्ञापन गर्न थालियो ।

५० हजार लगानी गर्दा दुई घन्टाभित्र इसेवामार्फत् २ लाख प्राप्त भएको भनियो । यसका लागि विभिन्न आइडीमा क्लिक गर्न विज्ञापन समेत गरियो । उनले २ लाख प्राप्त गरेको भनी ह्वाट्स्यापबाट समेत उल्लेख गरेको इन्स्टाग्राममा राखियो ।

यसरी उनको आइडीबाट मात्र नभई विभिन्न आइडीबाट ठगीको नियतले प्रचारहरु गरियो । सृजनाले आफ्नो आइडी दुरुपयोग भएको थाहापाएपछि चिन्तामा परिन् ।

सृजना भन्छिन्,‘नगरेको काम गरेको देखिएको छ ।’ उनले प्रहरी कहाँ उजूरी गर्ने बताइन् । आफूले गल्ती नगरेको तर गल्ती गरेको जस्तो देखिएकाले चिन्तामा परेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्