Logo

नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ



सर्लाही, ८ साउन । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्