Logo

प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ



भक्तपुर,८ साउन । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्