Logo

दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि जेल चलान



काठमाडौं, ९ साउन । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुनारका बुवाले छोरीको हत्या गरेको अभियोगमा श्रेष्ठबिरुद्ध किटानी जाहेरी दिएका हुन् ।

श्रेष्ठले दिलमायाँ झुण्डिएको देखेर तल झारेको र चिसो भएको थाहा पाएपछि डराएर आफु भागेको प्रहरीसमक्ष बयान दिएका छन् । दिलमायाँको सल झाडीमा फालेको पनि उनले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्