Logo

काईनेटिक ढुङ्गासहित एक पक्राउ



सुर्खेत, ९ साउन । वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तुसहित एक पुरुष पक्राउ परेका छन् ।

काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तुसहित सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा काईनेटिक ढुङ्गाको कारोबार भइरहेको सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्