Logo

आरजु देउवाको दिल्लीमा पाठेघरको सफल शल्यक्रिया



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको पाठेघरसम्बन्धी शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । आरुजुको भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया भएको हो ।

डा. देउवाले आफ्नो शल्यक्रिया सफल रुपमा सम्पन्न भएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिएकी छिन् । उनको उपचारमा प्रा.डा. हरित चतुर्वेदी र डा. कन्किता बत्रा मोदी संलग्न थिए ।



प्रतिक्रिया दिनुहोस्