Logo

मेयरको सम्पत्तिः १५ तोला सुन, २० हजार रुपैयाँ बैंक ब्यालेन्स



काठमाडौं, साउन १० । गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गरेकीछन् ।

५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहेकी लामाले सार्वजनिक गरेका सम्पती विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ ।

नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार रुपैयाँ कृषि विकास बैकमा रहेको जनाएकी छन् । सार्वजनिक सम्पती विवरणमा अन्य कुनै कारोबारमा आफू संलग्न नभएको जनाएकी गराइएको छ ।

उनले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नाममा हेटौंडा–१, चाइनाक्वार्टरमा ११ धुर र ११ रोपनी जमिन, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर जमिन रहेको उल्लेख गरेकी छन्।

पति सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण छ भने ४० लाख बराबरको ट्यांकर, छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्