Logo

अर्थमन्त्री प्रकरणः संसदीय छानबिन समितिको बैठक अपरान्ह चार बजे बस्ने



काठमाडौं, साउन १० । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज अपरान्ह चार बजे बस्ने भएको छ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार छानबिन समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारी गरेको छ । आजको बैठकमा समितिका सदस्यहरुले प्रहरीबाट प्राप्त रिकभर भएको सीसीटीभी फुटेज हरेका छन् । तर, त्यसमा १४ गते रातीको भिडियो रहेनरहेको भन्नेबारे खुल्न सकेको छैन ।

सचिव अर्यालले उनले भने, ‘फरेन्सिक ल्याबबाट डिभाइससहित प्रतिवेदन फिर्ता भएको छ। हामीले खोलेर हेरेका छौँ। त्यसमा भएका विवरणहरू प्राविधिक विषय भएकोले विश्लेषणकै क्रममा छ, अध्ययनकै क्रममा छ। ल्याबसँग सम्बन्धित विज्ञहरूबाट जानकारी लिनुपर्ने भएकाले यो बैठक स्थगित भएको हो।’



प्रतिक्रिया दिनुहोस्