Logo

नक्कली नोटसहित दुवेदी पक्राउ



पर्सा, १० साउन । वीरगंज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।

रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विषेश सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा दुवेदीलाई फेला पारी जाँच गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीमाथि मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्