Logo

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गर्दा …



पर्सा, १० साउन । माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् ।

उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्