Logo

मंसिर ४ मा चुनाव हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको खुलासा



काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव हुने गरी मिति तोकिने खुलासा गरेका हुन् । आज निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा थपलियाले सरकारले उक्त दिन मिति तोकेमा आश्चर्य नमान्न भने ।

आउँदो मन्त्रिपरिषदको बैठकले चुनावको मिति तोक्ने आशा व्यक्त गरे । आयोगले मितिको सिफारिश गरिसकेको र सरकारले त्यही अनुसार निर्णय लिने उनको भनाई थियो ।

चुनावका लागि आयोगले आफ्नो तर्फबाट तयारी थालिसकेको बताए । यसपटक चुनावमा विगतको भन्दा खर्च बढ्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्