Logo

बाराको सिमरा, परवानीपुर तथा पर्सामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह



काठमाडौं, साउन १२ । बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्द बस्ती र आसपासको क्षेत्रमा पनि आज बिहान भारी वर्षा मापन भएको विभागले जनाएको छ। ती क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा बाढीले क्षती पुर्‍याउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव आउन सक्ने विभागले भनेको छ। त्यसैले डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।



प्रतिक्रिया दिनुहोस्