Logo

रामेछाप कांग्रेस सभापति तामाङलाई बर्खास्त गर्न देउवासमक्ष माग, यस्ता छन् १८ आरोप



काठमाडौं, १२ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति कान्छाराम तामाङले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै कार्यसमितिका बहुमत सदस्यहरुले कारबाहीको माग गरेका छन् । ४८ जनामध्ये २७ जनाले सदस्यहरुले जिल्ला सभापति तामाङलाई बर्खास्त गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

उनीहरुले जिल्ला सभापति तामाङको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । तामाङको अलोकतान्त्रिक, अराजनीतिक, अराजक र साम्प्रादायिक भावको शैलीका कारण हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत पार्टीले अपुरणीय क्षति व्यहोरेको उनीहरुको आरोप छ । उनीहरुले तामाङले एमालेसँग अस्वभाविक साँठगाँठ गरेको पनि आरोप लगाएका छन् ।

जिल्लाका प्रभावशाली नेताहरु पूर्व जिल्ला सभापति एव्म महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काको नेतृत्वमा विभिन्न २७ जना सदस्यहरुले सभापति तामाङलाई हटाउनको लागि हस्ताक्षरसहित केन्द्रीय सभापति देउवासमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्