Logo

कर्नाटक भाजपा नेताको बन्चरो प्रहार गरी हत्या, मध्यरातमा पत्रकार सम्मेलन



एजेन्सी, १२ साउन । कर्नाटकको दक्षिण कन्नड जिल्लामा मंगलबार भाजपा नेता प्रवीण नेत्तरको बञ्चरोले हानेर हत्या गरिएको छ ।
प्रवीण भाजपा युवा मोर्चाका जिल्ला सचिव थिए । हत्यालाई लिएर कर्नाटक सरकारको पार्टीभित्रैबाट आलोचना भइरहेको छ । यसैलाई ध्यानमा राख्दै प्रदेशका मुख्यमन्त्री बसवराज बोम्माईले बिहीबार आफ्नो सरकारको एक वर्ष पूरा भएको अवसरमा कार्यक्रमहरु रद्द गरेका हुन् ।

बोम्मईले बिहीबार राति १२ः१५ बजे आपतकालीन पत्रकार सम्मेलन गरी डोड्डबल्लापुरमा हुने ‘जनोत्सव’ ¥याली रद्द गरेको जानकारी दिए । सम्मेलनमा बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा उपस्थित थिए । यससँगै विधान सौधमा हुने कार्यक्रम पनि रद्द गर्ने निर्णय भएको छ ।
यहाँ, बीजेपी नेताकी आमाले भनिन्, ‘जसले मार्यो उसलाई फाँसी दिनुपर्छ। उ हाम्रो एक्लो छोरा थिए । मलाई सन्चो छैन् । उनका बुवा पनि मुटुका बिरामी हुन् । उनीहाम्रो अन्तिम सहारा थिए । हाम्रा अपेक्षा पूरा गर्न अब कोही बाँकी छैन् ।’

सरकारले राष्ट्रविरोधी र आतंककारी शक्तिलाई निर्मूल पार्न राज्यमा विशेष तालिम प्राप्त कमाण्डो फोर्स गठन गर्ने निर्णय गरेको पनि बोम्माईले जानकारी दिए । अधिकारीहरुसँगको वार्तापछि खुल्नेछ ।

बोम्मईले भने– यो हत्यापछि हाम्रो मनमा क्रोध छ । मेरो सरकारले एक वर्ष पूरा गरेको छ र बीएस येदियुरप्पा सत्तामा आएपछि भाजपाको शासनको ३ वर्ष पूरा भएको छ। हामीले जनोत्सवको योजना बनाएका थियौं तर पीडितकी आमा र परिवारको पीडालाई ध्यानमा राख्दै बिहीबारको कार्यक्रम रद्द गर्ने निर्णय गरेको छु ।

गत २९ जुनमा राजस्थानमा हत्या भएका कन्हैयालालको हत्याको विरोध गर्दै प्रवीणले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको छ । हालसम्म १० जना अभियुक्तलाई हिरासतमा लिइएको छ । उनीहरुसँग सोधपुछ भइरहेको छ । दोषीलाई छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ । प्रहरीले आरोपीलाई पक्राउ गर्न ४ टोली बनाएको छ ।

आक्रोशित भीडले बुधबार भाजपा सांसद नलिंकुमार कातिलको कार पल्टाउने प्रयास गरेको थियो। आक्रोशित भीडले ‘हामी न्याय चाहन्छौं’ नारा समेत लगाएका थिए ।

प्रहरीका अनुसार प्रवीणको दक्षिण कन्नड जिल्लाको बेल्लारे क्षेत्रमा कुखुराको पसल छ । मंगलबार प्रवीण पसल बन्द गरेर घर फर्किंदै गर्दा मोटरसाइकलमा आएका केही व्यक्तिले बाटो रोकेका थिए । उनले प्रवीणमाथि बन्चरो प्रहार गरेका थिए । उनी गम्भीर घाइते भएका थिए । छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले त्यहाँ पुगेर प्रवीणलाई अस्पताल लगेको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रवीणको शव गृहनगर नेत्रुमा ल्याइयो । यस क्रममा हजारौं मानिसहरुको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्