Logo

विश्वराज पोखरेलको अवकाश पत्रमा आइजीपी सिंहबाट हस्ताक्षर, यसकारण राजीनामा स्वीकृत भएन



काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल अवकाश पाउँदैछन् । उनको अवकाशको पत्रमा आइजीपी धीरजप्रताप सिंहले हस्ताक्षर गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार आजै सिंहले अवकाश पत्रमा हस्ताक्षर गरेका हुन् । उनले पोखरेलको राजीनामा पत्रमा भने हस्ताक्षर गरेनन् ।

राजीनामा पत्रमा हस्ताक्षर गरेको भए पोखरेलको पेन्सन केही घटी हुनेथियो । नियमित अवकाश पाएकाले केही सय पेन्सन बढ्ने भएको छ ।

राजीनामा पत्र बुझाएपनि आइजीपी सिंहले स्वीकृत नगर्नुमा केही वाक्यांश नै कारण रहेको बुझिएको छ । पत्रमा उनले आइजीपी नियुक्तिमा भविष्यमा वरियता नमिचियोस् भनी लेखेका थिए । जसका कारण सिंहले हस्ताक्षर गरेनन् ।

पोखरेल कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका थिए । एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो । त्यसपछि राजीनामा बुझाए ।



प्रतिक्रिया दिनुहोस्