Logo

उम्मेदवार बनेलगत्तै सांसदको पदावधि सकिने नबन्नेको २१ मंसिरसम्म



काठमाडौं, १९ साउन । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल २१ मंसिरसम्म रहने स्पष्ट पारेको छ । हालको प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल उक्त अवधिसम्म रहेपनि संसदीय चुनावमा उम्मेदवार बनेलगत्तै स्वतः पदावधि सकिने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालका अलावा उम्मेदवार बन्ने सांसदको कार्यकालबारे सरकारले आफूहरुले सिफारिश गरेको विषयलाई स्वीकारिसकेको बताए । जस अनुसार संविधान र कानून अनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने उल्लेख गरे ।

बहालवाला सांसदको पदावधिबारे टुंगो लगाएर सबै उम्मेदवारका लागि समान प्रतिष्पर्धाको वातावरण बनाइएको तर्क गरे । यसअघि स्थानीय निकायको चुनावमा पनि उम्मेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नियम बनाइएको थियो ।-Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्