Logo

सिट बाँडफाँटको लागि गठबन्धनको कार्यदलमा को को (नामसहित)



काठमाडौं, २० साउन । सत्तारुढ पाँच दलिय गठबन्धनले आगामी मंसिर ४ गते हुने चुनावको लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । आज गठन गरिएको सिट बाँडफाँट कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ३ जना र अन्यदल बाट २/२ जना सदस्य राखिएका छन् ।

कांग्रेसको तर्फबाट कार्यदलमा महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

यसैगरी, नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाको तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्