Logo

ललाई फकाई बालिका बलात्कार गर्ने युवक पक्राउ



तेह्रथुम, २० साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्