Logo

डिएसपीहरु क कस्लाई मिल्यो आकर्षक काज सरुवा



काठमाडौं, २० साउन । नेपाल प्रहरीमा एकैपटक ४३ जना डिएसपीहरुको काज सरुवा भएको छ । काठमाडौं उपत्यकाका आकर्षक वृत्तहरुमा पुग्न धेरैजनाको दौडधूप रहेको थियो । जसमा शक्ति लगाएर केही डिएसपीहरुले बाजी मारेका छन् ।

दरबारमार्गमा कोपिला चुँडाल लगिएकी छिन् । नयाँ बानेश्वरमा निशान्त श्रीवास्तव, बालाजुमा रविन बिष्ट, गौशालामा सञ्जीवबाबु खड्का, सिंहदरबारमा गोविन्द पुरी, बौद्धमा हरिबहादुर बस्नेत, लैनचौरमा गणेशबहादुर बम, महाराजगञ्जमा अंगुर जिसी, मालीगाउँमा तर्कराज पाण्डेयले बाजी मारेका छन् ।

जिल्ला इञ्चार्ज हुने गरी मुस्ताङमा रविन्द्रनाथ पौडेल, लमजुङमा प्रकाश श्रीमल, खोटाङमा मञ्जिल मुकारुङ, वर्ततमा मधुसुदन न्यौपानेले काज सरुवा पाएका छन् । अर्घाखाँचीमा मुकुन्दप्रसाद रिजाल, बैतडीमा प्रेमबहादुर शाही, भोजपुरमा शरतकुमार थापा क्षेत्री, कालिकोटमा जयश्वर रिमाल, बझाङमा जागेश्वर भण्डारीको काज सरुवा भएको छ ।

चुनाव नजिकिदै गर्दा जिल्लाहरुमा आफूनिकट प्रहरी इञ्चार्ज ल्याउन केही नेताहरु सक्रिय भएका थिए । यसले पनि प्रहरीको काज सरुवा प्रभावित भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्