Logo

कुमारी आमा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो



काठमाडौं, २२ साउन । आफुसँग सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शनरत महोत्तरीकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षीय निहारिकालाई सर्वोच्च अदालत परिसरबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निहारिकाले बच्चाको बाउको डीएनए जाँच गर्ने लगायतका ५ वटा माग राखेर अनसन बस्दै आएकी छिन् ।

गत जेठमा अनसन बसेकी निहारिकाले गृहमन्त्रालयसँग माग सम्बोधन गर्ने सहमति भएसँगै अनसन तोडकी थिइन् । उनको बच्चाको पिता शिवराम श्रेष्ठलाई जिल्ला अदालत धनुषाले २०७८ माग २४ गते सफाई दिएपछि निहारिकाले फेरी उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्