Logo

आफ्नैबाट धमाधम मारिन थाले लालाबाला



काठमाडौं, २५ साउन । दम्पत्ति झगडा देखि आफन्तबीचको विवादमा बालबालिका तारोमा पर्न थालेका छन् । बालबालिकाको आफ्नै आमाबाबु देखि आफन्तबाट विभत्स हत्याका घटनाहरु बढ्न थालेका हुन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका स्थायी घर भई काठमाडौंको तारकेश्वर पदमसालमा बस्दै आएका एकैपरिवारको हत्याको घटनामा दम्पत्तिबीचको विवाद कारण रहेको खुलेको छ । दिनेश पाण्डेले पत्नी सुनिता पाण्डेको मात्र हत्या गरेनन् छोराछोरीको समेत विभत्स हत्या गरे । १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको १५ साउनको साँझ हत्या भएको थियो ।

दम्पत्ति विवादमा दिनेशले कलिला छोराछोरीको हत्या गरेर आफू पनि आत्महत्या गरे । उनले छोराछोरीको निकै माया गर्ने दाबी गर्दै क्रुर तरिकाले हत्या गरेको खुल्यो ।

गत वर्षको भदौमा संखुवासभाको मादीमा आफन्तबीचको विवादमा एकै परिवारको ६ जनाको हत्या भएको थियो । बुद्धमान कार्कीका परिवारको ६ सदस्यको हतया भएको घटनामा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको पनि विभत्स हत्या भएको थियो । कलिला बालबालिकाको दोषीहरुले लखेटी लखेटी घाँटी निमोठेर हत्या गरेका थिए ।

धादिङको बेनीघाटमा १ माघ २०७६ मा धादिङको बेनिघाटबाट त्रीशुलीमा परिवारका सदस्यलाई विनय लामिछानेले हाम फाल्न वाध्य पारे । पत्नी र बालक दुई छोराको मृत्यु भयो । विनय भने पौडेल बाहिर निस्किए । मिटरब्याजमा लिएको पैसा तिर्न नसकेपछि उनी पत्नीसँग सल्लाहमै फाल हाले । तर, अबोध बालकहरुलाई त्रीशुलीको भेलमा होमेर मृत्युको मुखमा पुर्याए ।

आफ्नो डिप्रेशन र असफलताको आक्रोश परिवारसँग पोख्ने र बालबच्चाको समेत हत्या गर्ने घटनाहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यतिसम्मकी पत्नीसँगको आक्रोश बालबच्चामाथि पनि पोखरेल विभत्स हत्याका घटनाहरु भएका छन् । यसले समाजमा बालबालिका परिवार र आफन्तबाटै असुरक्षित भएको देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्