Logo

पति विदेशबाट फर्किएको भोलिपल्ट पत्नी र छोराछोरीको झुण्डिएको शव भेटियो



काठमाडौं, २५ साउन । पति विदेशबाट फर्किएको भोलिपल्ट पत्नी छोराछोरीसहित झुण्डिएको अवस्थामा फेला परेकी छिन् । भारतमा रोजगारीमा गएका पुष्कर पार्की गएराति मात्र बझाङ्गको बुङ्गल नगरपालिका रारुस्थित घर फर्किएका थिए ।

पार्कीकी पत्नी २२ वर्षीया गीता पार्की, ५ वर्षीय छोरी भूमिका र ३ वर्षीय छोरा मोहित बझाघर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटना गम्भीर प्रकृतिको भएकोले प्रहरीको विशेष टोली घटनास्थलमा पुगेको छ ।

तीनैजना मध्ये बालिबालिकाको हत्या भएको खुलिसकेको छ । तर, गीता पार्कीको हत्या वा आत्महत्या के हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस्